अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना– "श्रमिकको पसिनाले देश बाँचेको छ"

6 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीहरूलाई शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले देशको समृद्धिमा श्रमिकहरूको योगदान अमूल्य रहेको उल्लेख गरे। श्रमिकको पसिना र समर्पणले समाज बाँचेको र देश अघि बढेको बताउँदै उनले श्रम मात्र नभई श्रमिकको भविष्यसमेत सुरक्षित बनाउने दिशामा सरकार सफल भएको दाबी गरे।

प्रधानमन्त्री ओलीले केही वर्षअघि सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा आलोचना र व्यङ्ग्यको सामना गर्नु परेको तर अहिले २० लाखभन्दा बढी श्रमिकले त्यसबाट लाभ लिइरहेको जानकारी गराए। उनले श्रमिकका छोराछोरीको उज्यालो भविष्य र आमाबुबाको निश्चिन्त जीवन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै, सबैलाई श्रम र श्रमिकलाई सम्मान गर्न आह्वान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?