एकताअघि नाटकीय मोड: प्रज्ञा भवनबाट रेशम चौधरी पक्राउ

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख १७ गते । जनमत पार्टीसँग एकता घोषणा हुनुअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी आज (बुधबार) काठमाडौँस्थित प्रज्ञा भवनबाट पक्राउ परेका छन्। पार्टी एकता कार्यक्रममा सहभागी हुन पुगेका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको खबर आफूले पनि सुनेको बताउँदै घटनाको विस्तृत विवरण बुझ्ने प्रयास भइरहेको बताइन्। जनमत र नाउपाबीचको बहुप्रतीक्षित एकता कार्यक्रमको पूर्वसन्ध्यामा भएको यो गिरफ्तारीले राजनीतिक वृतमा चासो र हलचल बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?