पहलगाम हमलापछि नेपाल–भारत सीमामा सुरक्षा सतर्कता कडाइ
2 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १५ गते । भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा हालै भएको आतङ्ककारी हमलापछि सुनसरी जिल्लास्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडाइ गरिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले खुला सीमाका कारण अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको जानकारी दिए। विशेष गरी बर्जु, हरिनगर र कोसी गाउँपालिकाका सीमा क्षेत्रहरूमा सुरक्षा निरीक्षण र गस्ती तीव्र बनाइएको छ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (SSB) को संयुक्त टोलीले सीमा क्षेत्र हुँदै हुने आवतजावतमा कडाइ गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार, अब सीमा हुँदै आवतजावत गर्दा अनिवार्य रूपमा जाँच गरिनेछ। उल्लेखनीय छ, पहलगाममा गत मंगलबार भएको आतंकवादी आक्रमणमा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो।
कमेन्ट गर्नुहोस्
view comments