भारतको पहलगाम आक्रमणमा मारिएका सुदीप न्यौपानेको शव गृह नगरमा, आजै अन्त्येष्टि हुने

4 महीना पहिले प्रकाशित

काठमाडौं, वैशाख ११ गते ।भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका बुटवलका सुदीप न्यौपानेको शव आज बिहानै बुटवल ल्याइएको छ। भारतबाट सुनौली नाका हुँदै ल्याइएको शव बुटवल उपमहानगरपालिका–११ स्थित होराइजन चोकको उनको निवासमा पु‍र्‍याइएको हो।

२७ वर्षीय न्यौपानेको शव केहीबेर घरमा राखेपछि त्रिवेणी धाममा आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। मनकामनापथस्थित घरमा छिमेकी र आफन्तहरूको भीड लागेको छ भने परिवार शोकमा डुबेको छ। मंगलबारको आतङ्कवादी आक्रमणमा सुदीपसहित २७ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?