सम्बन्धविच्छेद मुद्दा मिलापत्रमा : सीके राउत र श्रीमतीबीचको विवाद अदालतबाट मिलाउन प्रयास

4 महीना पहिले प्रकाशित

काठमाडौं, वैशाख ११ गते ।जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले दायर गरेको सम्बन्धविच्छेद मुद्दा ललितपुर जिल्ला अदालतले मिलापत्रमा पठाउने निर्णय गरेको छ। २०८१ भदौ १२ गते राउतले श्रीमती सोनी सिन्धुविरुद्ध सम्बन्ध विच्छेदको माग गर्दै अदालतमा निवेदन दिएका थिए। मङ्गलवार न्यायाधीश निर्मला योङ्याको एकल इजलासले मुद्दाको अन्तिम सुनुवाइ गर्दै दुवै पक्षलाई मिलापत्रमा पठाउने आदेश दिएको हो।

राउतले श्रीमती सिन्धु लामो समयदेखि भारतमा बसोबास गर्दै आएको र वैवाहिक सम्बन्ध अनुसारको जिम्मेवारी पुरा नगरेको आरोप लगाएका छन्। उनले पत्नी घर नफर्कने र माइतीमै बस्ने गरेको उल्लेख गर्दै आफू अब अलग बस्न चाहेको बताएका छन्। यता, श्रीमतीले पनि राउतले परिवार र छोराछोरीको दायित्व वहन नगरेको आरोप लगाएकी छिन्। अदालतले अब दुवै पक्षलाई संवादमार्फत समाधान खोज्न मिलापत्रमा पठाएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?