वीरगन्जको घटनाबारे आजपा अध्यक्ष प्रभु साहको गम्भीर टिप्पणी : सरकार उदासीन भएको आरोप
3 महीना पहिले प्रकाशित

काठमाडौं, बैशाख ३ गते । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वीरगन्जमा हालै देखिएको सामाजिक तनावबारे सरकार गम्भीर नभएको भन्दै आलोचना गरेका छन्। सामाजिक सद्भाव कायम गर्न विशेष पहल आवश्यक भएको भन्दै उनले सरकारको चुप्पीप्रति गम्भीर आपत्ति जनाएका छन्।
साहले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै वीरगन्जजस्तो देशको आर्थिक राजधानीमा जनजीवन दिनप्रतिदिन अस्तव्यस्त बन्दै जाँदा समेत सरकार मौन बस्नु लज्जास्पद रहेको टिप्पणी गरेका छन्। उनका अनुसार घटनाबारे सरकारको निष्क्रियता सामाजिक सद्भावमा थप संकट निम्त्याउने खतरा छ।
पूर्वमन्त्री साहले प्रधानमन्त्रीसहित संघीय सरकारका तीन मन्त्री वीरगन्ज क्षेत्रबाट रहेकामा पनि उनीहरू उदासीन देखिनु दुःखद् भएको बताएका छन्। वर्तमान संघीय सरकारमा नेकपा एमालेका राजकुमार गुप्ता संघीय मामिला मन्त्री, कांग्रेसका अजय चौरसिया कानुन मन्त्री र जनता समाजवादी पार्टीका प्रदीप यादव खानेपानी मन्त्रीको रूपमा कार्यरत छन्।
साहले वीरगन्जमा अमनचैन र सामाजिक सद्भाव कायम गर्न सरकारलाई तत्काल विशेष पहलकदमी लिन आग्रह गरेका छन्। साथै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
कमेन्ट गर्नुहोस्
view comments