बिहारमा बहिनी र प्रेमीको निर्मम हत्या, आरोपी भाइ पक्राउ

6 दिन पहिले प्रकाशित

एजेन्सी, चैत ३१ गते । बिहारको पूर्वी चम्पारण जिल्लाको केसरिया थाना अन्तर्गत त्रिलोकवा गाउँमा एक युवाले आफ्नी बहिनी र उनको प्रेमीको निर्मम हत्या गरेका छन्। प्रहरीका अनुसार, आरोपी अमन कुमारले बहिनीलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा भेटेपछि क्रोधित भई लोकेको हथौडाले दुबैको टाउकोमा प्रहार गर्दै घटनास्थलमै हत्या गरेका हुन्।

मृतक युवती त्रिलोकवा गाउँकी हुन् भने प्रेमी बिकास कुमार दरमाहा पंचायतको रघुनाथपुर गाउँका हुन्। दुबैको प्रेम सम्बन्ध विगत केही समयदेखि चलिरहेको थियो। बिकास दुई महिना अघि मात्र जेलबाट छुटेका थिए।

प्रेमीकी आमाले आरोप लगाउँदै भनिन्, “राति करिब १० बजे मेरी छोरीले फोन गरेर बोलाइन्। हामीले रोक्यौं तर ऊ गयो। पछि फोनमा भन्यो– उसलाई कोठामा बन्द गरिएको छ। त्यसपछि सम्पर्क टुट्यो।” प्रहरीका अनुसार आरोपी अमन कुमारलाई पक्राउ गरिसकिएको छ र घटनामा प्रयोग भएको हथौड़ा पनि बरामद गरिएको छ। एफएसएल टोलीले अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?