नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत प्रचण्डको, सरकार अगाडि जान असहज देखियो भन्ने टिप्पणी
1 महीना पहिले प्रकाशित

काठमाडौं, चैत ३१ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षको सुरुवातसँगै मुलुकमा नयाँ सरकार बन्ने सम्भावना औंल्याएका छन्। गृहजिल्ला चितवनमा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा सरकार दीर्घकालीन रुपमा टिक्न नसक्ने देखिएको भन्दै, नयाँ राजनीतिक विकल्पको संकेत गरेका हुन्।
अध्यक्ष प्रचण्डले वर्तमान सरकारप्रति जनआक्रोश बढ्दै गएको र सरकारमै रहेका दलहरू समेत सडकको नजिक पुगिसकेको दाबी गर्दै, नयाँ वर्षले राजनीतिक निकास ल्याउने विश्वास व्यक्त गरे। यसअघि पनि उनले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने सम्भावना उल्लेख गरेका थिए। ठूलो दलको नेतृत्वमा सरकार बन्नु देशका लागि सही हुने भन्दै प्रचण्डले नयाँ समीकरणको सम्भावनालाई खुला संकेत दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments