दिल्लीमा मानव तस्करीको खुलासा: जीबी रोडबाट महिला मुक्त, आरोपी शेल्टर म्यानेजर पक्राउ

11 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत २५ गते । दिल्ली प्रहरीले मानव तस्करीको एक जघन्य घटनामा संलग्न व्यक्ति पक्राउ गरेको छ, जसले पश्चिम बङ्गालकी ३५ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाएर दिल्ली ल्याई जबर्जस्ती यौन व्यवसायमा धकेलेको आरोप लागेको छ। पीडित महिलालाई जीबी रोडस्थित रेक-लाइट क्षेत्रबाट उद्दार गरिएको छ। प्रहरीका अनुसार आरोपी एक शेल्टर होमको प्रबन्धक हो, जसलाई घटनास्थलबाट नै नियन्त्रणमा लिइएको हो।

महिलाले करिब तीन महिनाअघि कामको आशामा दिल्ली यात्रा गरेकी थिइन्। तर, राजधानीमा आइपुगेपछि उनको परिवारसँग सम्पर्क विच्छेद भएको थियो। करीब १० दिनअघि उनले आफ्नो भाइलाई आफ्नो अवस्था बताउँदै सहयोग माग्न सफल भइन्। त्यसपछि उनको परिवारले एक गैरसरकारी संस्था (NGO) को सहयोगमा राष्ट्रिय मानव अधिकार आयोग (NHRC) सँग सम्पर्क गरेको थियो। सूचना प्राप्त गरेपछि दिल्ली प्रहरीको विशेष टोलीले ५ अप्रिलमा जीबी रोडमा छापा मारेर महिला उद्धार गरेकी हो।

पीडिता अनुसार उनी पाँच कक्षासम्म शिक्षित हुन् र पहिले घरेलु कामदारको रूपमा काम गर्थिन्। एक महिलाले उनलाई दिल्लीमा राम्रो काम दिने भन्दै ल्याएर बेचिदिएकी थिइन्। प्रहरीले पीडिताको बयानका आधारमा कानुनी प्रक्रिया सुरु गरिसकेको छ। यसैबीच पूर्वी दिल्ली प्रहरीले सट्टेबाजीमा संलग्न रहेका केही व्यक्तिहरूलाई पनि अलग-अलग स्थानबाट पक्राउ गरेको छ। प्रहरीले बरामद नगद र सामाग्रीहरूका आधारमा अनुसन्धान जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?