रवि लामिछाने कारागार चलान, अदालतको आदेशप्रति सम्मान व्यक्त
16 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत २५ गते ।उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछाने सोमबार जिल्ला कारागार भैरहवामा पुर्पक्षका लागि चलान भएका छन्। काठमाडौंबाट पक्राउ गरी बुटवल ल्याइएका लामिछानेलाई आवश्यक प्रक्रिया पूरा गरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो। कारागारको थुनुवा कक्षतर्फ लैजाँदै गर्दा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, "केही छैन, अदालतप्रति सम्मान छ।"
कारागार प्रशासनले लामिछानेलाई ४ नम्बर ब्लकमा राखेको जनाएको छ, जुन भैरहवा कारागारको विशेष थुनुवा कक्ष मानिन्छ। सोही कारागारमा यसअघि सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि राखिएका थिए। १ र २ नम्बर ब्लक अन्य पुरुष थुनुवाहरूका लागि र ३ नम्बर ब्लक महिला थुनुवाका लागि छुट्याइएको छ।
कमेन्ट गर्नुहोस्
view comments