मधेश प्रदेशमा स्थानीय सेवा ऐन संशोधनका लागि सुझाव समिति गठन
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २१ गते । मधेश प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ कार्यान्वयनमा देखिएका समस्याहरू समाधान गर्न गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको संयोजकत्वमा चार सदस्यीय सुझाव समिति गठन गरेको छ। यस समितिमा शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, र वन तथा वातावरणमन्त्री त्रिभुवन साह सदस्य रहेका छन्।
समितिले स्थानीय तहका कर्मचारी संघ-संगठन, लोकसेवा आयोग, र प्रदेशसभा सदस्यहरूसँग छलफल गरी ऐनमा आवश्यक संशोधनका लागि सुझावहरू संकलन गरेको थियो। मंगलबार समितिका संयोजक मन्त्री लेखीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई सुझावसहितको प्रतिवेदन बुझाएका छन्।
मुख्यमन्त्री सिंहले प्रदेश सरकार स्थानीय तहका कर्मचारीहरूको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन्। समितिबाट प्राप्त सुझावहरू मन्त्रिपरिषद्को बैठकमा छलफल गरी आवश्यक संशोधन प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरिनेछ। यस प्रक्रियालाई पूर्णता नदिई कुनै पनि प्रकारका प्रदर्शन नगर्न कर्मचारीहरूलाई आग्रह गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments