नेपाली कांग्रेसले स्थानीय तह समन्वय विभागमा नयाँ सदस्यहरूको मनोनयन गर्‍यो

2 वर्ष पहिले प्रकाशित

काठमाडौं,फागुन १२ गते ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) अनुसार स्थानीय तह समन्वय विभागमा नयाँ सदस्यहरूको मनोनयन गरेका छन्। केन्द्रीय सदस्य मधु आचार्यको प्रमुखत्वमा रहेको यस विभागमा देहायका सदस्यहरू मनोनित भएका छन्:​

  1. गीता सत्याल, ललितपुर​
  2. उमा थापा, बाँके​
  3. विनोद यादव, महोत्तरी​
  4. रविन राई, मोरङ​
  5. डा. हेमराज लामिछाने, चितवन​
  6. पुरुषोत्तम नेपाल, काभ्रेपलाञ्चोक​
  7. राजु गुरूङ, गोरखा​
  8. बाबुकृष्ण सापकोटा, धादिङ​
  9. गोरख बहादुर सुनार, जुम्ला​
  10. निर्प खड्का, कैलाली​

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त मनोनयनको जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?