नेपाल–भारत सम्बन्ध थप सुदृढ: मधेस प्रदेश प्रमुखको विश्वास
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १५ गते । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल र भारतबीच सद्भाव र आत्मीयतापूर्ण सम्बन्ध रहेको बताउनुभएको छ। भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा आयोजित कार्यक्रममा प्रमुख भण्डारीले दुई देशबीच कूटनीतिक, धार्मिक, भाषिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो। उहाँले भारतको शान्ति, समृद्धि र प्रगतिका लागि शुभेच्छा व्यक्त गर्दै पछिल्लो समय नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनेको विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूको महत्वपूर्ण योगदानलाई स्मरण गर्दै नेपाल–भारत सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। भारतीय महावाणिज्यदूत देवीसहाय मीनाले नेपालमा पूर्वाधार विकास, व्यापारलगायतका क्षेत्रमा भारतीय सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा मधेस प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, र जनकपुरधामका प्रमुख तथा पूर्वप्रमुखको सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments