मधेस प्रदेशको लक्ष्य: फागुनसम्म ७० प्रतिशत बजेट खर्च गर्ने
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकार फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्यसहित काम अघि बढाइरहेको बताएका छन्। उनले हालसम्म १० अर्बभन्दा बढीको टेन्डर प्रक्रिया सम्पन्न भएको जानकारी दिए। प्रदेशसभाले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्ने प्रस्ताव पारित गरेपछि आगामी कार्य प्रभावकारी हुनेमा मुख्यमन्त्रीले विश्वास व्यक्त गरेका छन्। आइतबारको प्रदेशसभा बैठकले उपभोक्ता समितिमार्फत काम गर्न बजेट संशोधनसम्बन्धी सङ्कल्प प्रस्ताव बहुमतले पारित गरेको थियो।
सङ्कल्प प्रस्तावअनुसार ५० लाख रुपैयाँभन्दा माथिका विकास कार्य अनिवार्य ठेक्का प्रक्रियाबाट गर्नुपर्ने र अन्य कार्य सार्वजनिक खरिद ऐनअनुसार हुने उल्लेख छ। प्रदेश सरकारले विकास योजनालाई एकीकृत गरी रकमको प्रभावकारी बाँडफाँट गर्ने योजना अघि सारेको छ। तर, चालु आर्थिक वर्षमा हालसम्म ४ प्रतिशत मात्र बजेट खर्च भएको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ। यसलाई सम्बोधन गर्न सरकारले टेन्डर प्रक्रियालाई तीव्रता दिएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments