मधेश केन्द्रित दलहरूको बैठकमा जसपाको अनुपस्थिति
24 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ १ गते । मधेश केन्द्रित राजनीतिक दलहरूको धुम्बाराहीमा आयोजित बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित रहेको छ। बैठकमा जसपाका कुनै पनि नेताहरू सहभागी नभएको जानकारी बैठकमा उपस्थित नेताहरूले दिएका छन्।
मधेश केन्द्रित मोर्चा गठन गर्ने प्रयास स्वरूप आयोजित यो पहिलो कार्यदल बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे छलफल हुने तय गरिएको थियो। बैठकमा लोसपा, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, लमलोपा लगायतका दलका नेताहरू सहभागी भए। नेताहरू हृदयश त्रिपाठी, रेणु यादव, शरद यादव, डा. शिवजी यादव, र केशव झालगायतको उपस्थिति थियो।
स्वतन्त्र सांसद अमेरशकुमार सिंहको पनि सहभागिता रहेको बैठकमा जसपाको अनुपस्थितिले मोर्चा निर्माणमा पर्ने प्रभावबारे थप प्रश्नहरू उठेको छ।
कमेन्ट गर्नुहोस्
view comments