जनमत पार्टीको मधेसकेन्द्रित मोर्चाबन्दी पहल: दुई सदस्य नियुक्त

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस २२ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दी निर्माण गर्न दुई सदस्य तोकेको छ। पार्टीको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलका अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलाई यसका लागि प्रतिनिधिका रूपमा चयन गरिएको छ। आइतबार बसेको केन्द्रीय सचिवालय समितिको बैठकले यो निर्णय गरेको हो।

संविधान संशोधनको मुद्दामा धारणा एकरूप बनाउनका लागि मधेसकेन्द्रित दलहरू मोर्चाबन्दीको प्रयासमा जुटिरहेका छन्। यसअघि, गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सात बुँदे सहमतिमा संविधान संशोधनसम्बन्धी विषयलाई पनि समेटिएको थियो। जनमत पार्टीको यो पहलले मधेसका राजनीतिक दलहरूबीच सहकार्य र सामूहिक धारणा निर्माण गर्न थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?