प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

6 महीना पहिले प्रकाशित

काठमाडौं, पुस १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ। भेटमा दुबै देशबीचको आपसी सम्बन्ध, परस्पर हितका विविध पक्ष र सहकार्यका संभावनाहरूमा गहन छलफल भएको थियो।

भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य तथा वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए। दुई नेताबीचको मित्रता र आपसी समझदारीले भेटलाई थप अर्थपूर्ण बनाएको थियो।

पुस १३ गते निजी भ्रमणमा नेपाल आएका विक्रमासिङ्घे, जो श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत हुन्, आज स्वदेश फर्कँदै छन्। प्रधानमन्त्री ओली र विक्रमासिङ्घे पुराना मित्र भएकाले यो भेट दुई देशको सम्बन्धलाई सुदृढ गर्न थप महत्वपूर्ण हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?