राष्ट्रिय एकता र मेलमिलाप बिना राष्ट्रिय उद्देश्य पूरा हुन सक्दैन: सभापति देउवा

3 दिन पहिले प्रकाशित

काठमाडौं, पुस १६ गते ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नेपालीबीच एकता र मेलमिलापको महत्वलाई जोड दिँदै मात्र राष्ट्रिय उद्देश्यहरू पूरा गर्न सकिने धारणा व्यक्त गरेका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सोह्रखुट्टेमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले राष्ट्रिय मेलमिलाप अहिलेको प्रमुख आवश्यकता भएको र यसमा कांग्रेसले अग्रसर भूमिका खेल्नुपर्ने बताए।

सभापति देउवाले गणतन्त्रलाई सुदृढ बनाउन मेलमिलापको महत्त्वलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले कांग्रेस संस्थापक बीपी कोइरालाले २०१६ सालमा परिकल्पना गरेको राष्ट्रिय एकता तथा मेलमिलापको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको र यसको प्रभावकारी कार्यान्वयनले मुलुकको स्थायित्व र प्रगति सुनिश्चित गर्न सकिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?