पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली

1 दिन पहिले प्रकाशित

काठमाडौं, पुस १२ गते ।  भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो शोक व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले डा. सिंहलाई श्रद्धाञ्जली अर्पण गर्दै, नेपाल र भारतबीचका आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झनायोग्य रहेको बताए। सिंहको योगदान र व्यक्तित्वप्रति सम्मान प्रकट गर्दै, प्रधानमन्त्री ओलीले उहाँको निधनले नेपाल-भारत सम्बन्धमा एक विशिष्ट मित्र गुमाएको महसुस भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले आफ्नो श्रद्धाञ्जली सन्देशमा भनेका छन्, ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएकोमा म गहिरो दुःख व्यक्त गर्दछु। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु। दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’ भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन बिहीबार राति भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?