नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित
19 घन्टा पहिले प्रकाशित
काठमाडौं, पुस ९ गते । नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्। इटहरीमा सम्पन्न ५१औं महाधिवेशनमा उनले प्रतिस्पर्धी जीवन कार्कीलाई पराजित गर्दै ७६२ मत प्राप्त गरिन्। कार्कीले ४५३ मत मात्रै पाएका थिए। यसअघि, थापा २०२४ का अध्यक्ष रबिन केसीसँग पराजित भएकी थिइन्।
थापाको नेतृत्वमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा, र सौरभ श्रेष्ठ राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, १२ जना उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला, र मनिप्रसाद अर्याल विजयी भए।
मनोहरा जेसीजकी संस्थापक अध्यक्ष थापाले विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छिन्। नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष, र १२ उपाध्यक्ष निर्वाचित हुने व्यवस्था छ। बाँकी तीन सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको छ भने निवर्तमान अध्यक्ष पदेन सदस्यका रूपमा रहनेछन्। नयाँ नेतृत्वले संगठनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments