कांग्रेसको मुख्य चुनौती व्यवस्थापन: प्रकाशमान सिंह

4 घन्टा पहिले प्रकाशित

काठमाडौँ,  पुस ८ गते ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी व्यवस्थापन अहिले कांग्रेसको मुख्य चुनौती भएको बताएका छन्। नेपाल कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले क्षेत्रपाटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै, उनले पार्टीका क्रियाशील सदस्यहरूलाई सदस्यताको महत्व बुझाउनुपर्ने आवश्यकता औंल्याए। सिंहले भने, "अहिले कांग्रेसका लागि मुख्य सवाल भनेको पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने हो। क्रियाशील सदस्यहरूको संख्या धेरै छ, तर उनीहरूलाई सदस्यताको महत्व बुझाउनुपर्ने आवश्यकता छ।"

नेता सिंहले हरेक क्रियाशील सदस्यलाई पार्टीका गतिविधिमा सक्रिय रूपमा संलग्न गराउनुपर्नेमा जोड दिए। कांग्रेसले देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य–मान्यता स्थापित गर्न लामो संघर्ष गरेको र जनताको पटक–पटक विश्वास जितेको उल्लेख गर्दै, क्रियाशील सदस्यता पार्टीको सामान्य विषय नभएको उनले स्पष्ट पारे। पार्टीभित्रको व्यवस्थापन सुधार गर्दै सदस्यहरूलाई थप जिम्मेवार बनाउनु नै अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?