गृहमन्त्रीको कडा निर्देशन: भ्रष्टाचार र अपराध नियन्त्रणमा सम्झौता नगर्न आग्रह

13 दिन पहिले प्रकाशित

काठमाडौं,मंसिर २४ गते । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार र अपराध नियन्त्रणलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएका छन्। उनले सुरक्षा निकायलाई व्यावसायिकता र पारदर्शितामा कुनै पनि सम्झौता नगरी काम गर्न आग्रह गरे। गृहमन्त्री लेखकले अपराध गर्नेहरू सबै कानुनी दायरामा ल्याइनु पर्ने भन्दै निष्पक्ष र पारदर्शी रूपमा काम गर्न निर्देशन दिए। साथै, सरकारी सेवा प्रवाहमा देखा परेका समस्यालाई समाधान गर्न प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकाय प्रमुखहरूलाई पनि आवश्यक कदम चाल्न आग्रह गरे।

गृहमन्त्रीले लोकतन्त्र अनुशासनको व्यवस्था भएको तर अराजकताको अनुमति नदिने बताए। पछिल्लो समय जाति, धर्म, र क्षेत्रबीच द्वेष फैलाउने तथा व्यक्तिको चरित्र हत्या गर्ने गतिविधि बढेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता क्रियाकलाप नियन्त्रणमा सुरक्षा निकायलाई केन्द्रित हुन निर्देशन दिए। देशमा स्थिरता कायम राख्न कांग्रेस र एमालेले विशेष परिस्थितिमा गठबन्धन गरेको स्मरण गराउँदै, वर्तमान गठबन्धनले पनि स्थिर सरकारका लागि काम गरिरहेको स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?