प्रधानमन्त्री ओलीको चीन भ्रमण: ९ सहमति र समझदारीमा हस्ताक्षर

19 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार यी सहमतिहरू दुई देशको आपसी सम्बन्ध र विकास परियोजनामा टेवा पुर्‍याउने उद्देश्यले सम्पन्न भएका हुन्।

हस्ताक्षर भएका समझदारीमा टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धि, बसन्तपुर दरबार पुनर्निर्माण, बफेलो मासु निर्यात प्रोटोकल, विकास योजना, आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोग, चिनियाँ भाषा शिक्षकको स्वयम्सेवा, र नेपाल टेलिभिजन तथा चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि आदानप्रदान समेटिएका छन्। हस्ताक्षर प्रक्रिया प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको दुईपक्षीय वार्तापछि सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?