नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

19 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर १८ गते। नेपाल पत्रकार महासङ्घले आफ्नो निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार मंसिर २१ गते शुक्रबार उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ। मंसिर २२ गते उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ। मतदान भने मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गरिनेछ।

प्रदेश, जिल्ला शाखा र प्रतिष्ठान शाखाका लागि छुट्टाछुट्टै मिति निर्धारण गरिएको छ। प्रदेश समितिको मनोनयन मंसिर २४ गते, जिल्ला शाखाको मंसिर २६ गते, र प्रतिष्ठान शाखाको मनोनयन पनि सोही मितिमा दर्ता गर्न सम्बन्धित निर्वाचन समितिलाई अनुरोध गरिएको छ। महासङ्घले निर्वाचन प्रक्रिया सहज र व्यवस्थित बनाउन आवश्यक तयारी अघि बढाएको जनाएको छ।

462644700_1490230965699839_8598243397551388948_n

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?