प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

20 दिन पहिले प्रकाशित

काठमाडौं, मंसिर १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् सहकारी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा गएका कारण संविधान बमोजिम सिंहलाई दैनिक प्रशासनिक कार्य सम्पादनको जिम्मेवारी तोकिएको हो।

प्रधानमन्त्री ओली सोमबार चीन प्रस्थान गरेका छन् र मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारका नियमित कार्यहरू सञ्चालन गर्न सिंहले कार्यवाहक प्रधानमन्त्रीको भूमिका निर्वाह गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?