राष्ट्रपति समक्ष चार नवनियुक्त राजदूतले शपथ लिए

21 दिन पहिले प्रकाशित

 

काठमाडौँ, मंसिर १६ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिका, जर्मनी, साउदी अरेबिया, र अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रूपाखेती, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल, र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरेका हुन्। राष्ट्रपतिको कार्यालयले सो जानकारी सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?