प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा
23 दिन पहिले प्रकाशित
काठमाडौं , मङ्सिर १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको ४ दिने चीन भ्रमणको औपचारिक घोषणा गरिएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस वक्तव्य जारी गर्दै ओली १७ मंसिरमा बेइजिङ प्रस्थान गर्ने जानकारी दिएको छ। भ्रमणका क्रममा ओलीले १८ मंसिरमा चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। यी भेटघाटहरूमा आपसी चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा ओलीले चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग पनि भेटघाट गर्ने छन्। साथै, उनले नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ। २० मंसिरमा नेपाल फर्कने प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा ८७ सदस्य सहभागी हुनेछन्, जसमा ३९ जना सरकारी खर्चमा र ४८ जना निजी खर्चमा सहभागी हुने छन्। मन्त्रिपरिषद्को बैठकले यस भ्रमणलाई स्वीकृति दिएको हो।
कमेन्ट गर्नुहोस्
view comments