रवि लामिछानेको बयान सुरु: सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान जारी

24 दिन पहिले प्रकाशित

काठमाडौं,मङ्सिर १४ गते।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान शुक्रबार सरकारी वकिलको कार्यालय काठमाडौंमा सुरु भएको छ। उनलाई बिहान काठमाडौं प्रहरी परिसरको हिरासतबाट बयानका लागि कार्यालयमा उपस्थित गराइएको हो। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।

बिहीबार साँझ कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएका लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान गरिने काठमाडौं प्रहरीले जनाएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गतेदेखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बयान सकिएपछि पुनः कास्की पठाइने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?