बीआरआई परियोजनामा कांग्रेस र एमालेको भिन्न मत: गृहमन्त्री लेखक
1 महीना पहिले प्रकाशित
धनगढी, ६ मंसिर । गृहमन्त्री रमेश लेखकले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा कांग्रेस र एमालेबीच फरक धारणा रहेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेसले बीआरआईमा अनुदान लिने तर ऋण स्वीकार नगर्ने स्पष्ट नीति लिएको बताए।
गृहमन्त्री लेखकका अनुसार, परियोजनाका लागि सहयोग लिने विषयमा कांग्रेस र एमालेको धारणा अलग भए पनि दुवै दलबीच समझदारीमा सहकार्य गर्ने प्रयास भइरहेको छ। उनले कांग्रेसले यसअघि नै बीआरआई ऋणका रूपमा अस्वीकार गर्ने निर्णय गरेको स्मरण गराउँदै, हाल दुवै दलबीच यो विषयमा छलफल चलिरहेको जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments