गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
1 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक २७ गते । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन्। उनलाई राजधानीको सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार, सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि पक्राउ गरिएको पुष्टि गरेको छ। सर्वोच्च अदालतले कात्तिक २० गते उच्च अदालत पाटनको फैसला सदर गर्दै पाँच वर्षको जेल सजाय तोकेको थियो, जसपछि उनलाई पक्राउ गरिएको हो।
मनाङे २०७५ सालमा जेल परेका थिए र त्यस समयमा धरौटीमा छुटेका थिए। २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरेपछि मनाङेमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो। जिल्ला अदालतले कुटपिटको मुद्दामा २ वर्ष जेल सजाय दिएपछि सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा पुनरावेदन भएको थियो, जहाँ मनाङेलाई पाँच वर्ष कैदको फैसला सुनाइएको थियो। सर्वोच्चले पुनरावेदन अदालतको निर्णय सदर गर्दै मनाङेलाई थुनामा बस्न आदेश दिएको छ, जसअनुसार अब उनले बाँकी कैद भुक्तान गर्नुपर्नेछ।
कमेन्ट गर्नुहोस्
view comments