प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि मानव बेचबिखन आरोपमा अनुसन्धान सुरु

1 महीना पहिले प्रकाशित

काठमाडौँ, २५ कार्तिक । नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि मानव बेचबिखन सम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका एक अधिकृतले अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत मुद्दा लागेको र सोही ऐनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

अधिकारीमाथि जापानमा आफूले असम्बन्धित व्यक्तिलाई लैजाने र मानव तस्करीमा संलग्न रहेको आरोप छ। अधिकारीसहितका केही व्यक्तिलाई जापानको अध्यागमनले फिर्ता पठाएपछि यो विषय बाहिर आएको हो। सोही प्रकरणमा पक्राउ परेका ६ जनाले दिएको बयानको आधारमा प्रहरीले अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो। उनलाई २ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?