गगन थापाको धारणा: कानुनविपरीतका कार्यमा सबैले कानुनी जवाफदेही बोक्नुपर्छ
काठमाडौं, कार्तिक २५ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनविपरीत कार्य गर्ने सबैलाई कानुनी प्रक्रियामा ल्याइनुपर्ने बताएका छन्। उनले कोहीप्रति पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र रूपमा आफ्नो काम गर्न पाउनु नै कानुनी शासनको आधारभूत मान्यता रहेकोमा जोड दिए।
थापाले सहकारीमा भएको अनियमितता होस् या जनप्रतिनिधिहरूको मानव तस्करीजस्ता गम्भीर मुद्दा, सबैलाई कानुनी प्रक्रियामा ल्याउनुपर्ने बताए। उनले कानून सबैका लागि बराबर हुनुपर्ने भन्दै गल्ती गर्नेले सजाय पाउनुपर्नेमा पनि जोड दिए। चाहे सत्ता नजिकको होस् कि टाढाको, शक्तिशाली होस् कि एक्लो—सबैले कानुनी दायित्व बोक्नुपर्ने उनको भनाइ थियो।
विधिको शासनको पक्षमा आफू सधैं दृढ रहेको र सरकारमा हुँदा वा प्रतिपक्षमा रहेर पनि कानुनी शासनको समर्थन गर्दै आएको थापाले उल्लेख गरे। उनले कानुनले निष्पक्ष र निर्भीक रूपमा काम गर्न पाउनु आवश्यक रहेको र यसले मात्र कानुनी शासनलाई मजबुत बनाउने धारणा राखे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments