मोदीले अमेरिकाका सम्भावित राष्ट्रपति ट्रम्पलाई दिए बधाई
2 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक २१ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको राष्ट्रपति पदमा लगभग विजयी भएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत मोदीले ट्रम्पलाई ‘ऐतिहासिक जित’का लागि बधाई दिएका हुन्।
मोदीले ट्रम्पलाई सम्बोधन गर्दै भारत-अमेरिका साझेदारीलाई अझ सुदृढ बनाउन आफ्नो तत्परता व्यक्त गरेका छन्। उनले भनेका छन्, “म भारत-अमेरिका व्यापक विश्वव्यापी र रणनीतिक साझेदारीलाई बलियो बनाउन सहकार्यलाई नवीकरण गर्न उत्सुक छु।” मोदीले जनताको भलाइ र विश्व शान्तिको प्रवर्द्धनमा सहकार्य गर्ने कुरा पनि उल्लेख गरेका छन्।
मोदीले ट्रम्पलाई ‘मित्र’ भनेर सम्बोधन गर्दै अघिल्लो कार्यकाल सफल भएको प्रशंसा गरे। यद्यपि, मोदीले बधाई दिँदासम्म ट्रम्पको औपचारिक रूपमा विजयी घोषणा भइसकेको छैन, तर उनले आवश्यक २७० इलेक्टोरल कलेजमध्ये २६७ कलेज जितिसकेका छन् र जितको नजिक छन्।
कमेन्ट गर्नुहोस्
view comments