तिहार बिदापछि सरकारी कार्यालय खुले, कार्य समय एक घण्टा छोटियो
2 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक २० गते । तिहार बिदापछि आजदेखि सरकारी कार्यालयहरु पुनः सञ्चालनमा आएका छन्। तिहारको लामो बिदापछि कार्यालयहरु खुल्न लागेका हुन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, आजदेखि सरकारी कार्यालयको खुल्ने समय एक घण्टा घटाइएको छ। जाडोयाममा दिन छोटो हुने कारणले कार्यालय समय बिहान १० बजेबाट बेलुका ४ बजेसम्म कायम गरिएको छ। यसअघि, माघ १६ देखि कात्तिक १५ सम्म कार्यालय समय बिहान १० देखि बेलुका ५ बजेसम्म थियो।
कमेन्ट गर्नुहोस्
view comments