रवि लामिछाने र छविलाल जोशी अदालतमा उपस्थित, थप अनुसन्धान जारी

2 महीना पहिले प्रकाशित

पोखरा, कार्तिक ८ गते ।  सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीहरूलाई पुनः म्याद थपको लागि उपस्थित गराइएको हो। कास्कीका एसपी श्यामबावु ओलियाले थप अनुसन्धान भइरहेको बताएका छन्।  यसैबीच, कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेको कार्यकक्षमा बुधबार लामिछानेको बयान लिइएको थियो। बयानमा लामिछानेले सूर्यदर्शन सहकारीबाट कुनै ऋण नलिएको र आफ्नो नाममा उल्लेख गरिएको ऋणसम्बन्धी विवरण गलत भएको दाबी गरेका छन्। संसदद्वारा गठन भएको छानबिन समितिले सहकारीको रकम हिनामिना गर्ने कार्यमा लामिछानेको प्रत्यक्ष भूमिका देखिएको भन्दै कारबाही सिफारिस गरेको भए पनि, सहकारीबाट मिडियामा आएको रकम अपचलनमा भने उनको संलग्नता पुष्टि नभएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?