सत्तारुढ दलको बैठक सम्पन्न, प्रधानमन्त्रीको सम्बोधन तयारीमा
2 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक ७ गते । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सत्तारुढ दलको बैठकमा सरकारले हालसम्म हासिल गरेका उपलब्धि र आगामी दिनमा गर्नुपर्ने कामहरूको चर्चा भएको छ। बैठकपछि नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारका सय दिनका उपलब्धिहरूका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्ने निर्णय गरिएको जानकारी दिए।
बैठकमा आगामी दिनमा सरकारद्वारा थप गर्नुपर्ने कामहरूबारे पनि छलफल भएको थियो। महासचिव पोखरेलका अनुसार शुक्रबार पुनः सत्तारुढ दलको बैठक बसेर थप निर्णयहरू गरिनेछ।
कमेन्ट गर्नुहोस्
view comments