प्रधानमन्त्री ओलीले सरकारको १०० दिनको प्रगति सार्वजनिक गर्ने तयारी
2 महीना पहिले प्रकाशित
काठमडौं, कार्तिक ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगतिबारे जानकारी गराउने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार, यो जानकारी पत्रकार सम्मेलन वा भिडियो सम्बोधन मार्फत गरिने भए पनि अन्तिम निर्णय हुन बाँकी छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले, बुधबार सरकारले हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरिने जानकारी दिएका छन्। मन्त्रिपरिषद्का सबै सदस्यहरूले आफ्नो क्षेत्राधिकारभित्रको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन्, जसको अध्ययनपछि समग्र उपलब्धि सार्वजनिक गरिने छ।
ओलीले आफ्नो चौथो कार्यकालमा सरकार गठन गरेपछि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए, जसमा आर्थिक वर्षका मुख्य कामहरू र ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षालाई पूरा गर्ने योजना समावेश छ। तर, महँगी नियन्त्रण, भ्रष्टाचार रोकथाम, र प्राकृतिक विपद्का समयमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाइँदै आएको छ। यद्यपि, सरकारले विपत्तिमा अवरुद्ध संरचनाहरूको पुनर्निर्माण र ७१ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको व्यवस्था गरिसकेको दाबी गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments