यौन व्यवसायमा संलग्न गराएको आरोपमा नुवाकोटकी सीता गोतामेको पक्राउ
9 महीना पहिले प्रकाशित

काठमाडौं, कार्तिक ५ गते । नुवाकोटको तादी गाउँपालिका-३ निवासी ४३ वर्षीय सीता गोतामे बालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा पक्राउ परेकी छिन्। काठमाडौंको मुलपानीमा बस्दै आएकी उनलाई २ कात्तिकमा प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।
ब्यूरोका एसपी गौतम मिश्रका अनुसार, गोतामेले चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको पाइएको छ, जसलाई प्रहरीले उद्धार गरेको छ। गोतामेले मुलपानीमा भाडामा लिएको घरमा बालिकाहरूलाई भाडा माझ्ने र सरसफाइको काममा संलग्न गराउने भन्दै मासिक २० हजार रुपैयाँको प्रलोभन देखाएर यौन व्यवसायमा संलग्न गराएको खुलासा भएको छ।
कमेन्ट गर्नुहोस्
view comments