प्रधानमन्त्री ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौं, कार्तिक ४ गते । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य र सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देश र पार्टीबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले चीनको गरिबी निवारण र चौतर्फी विकासलाई असाधारण बताउँदै नेपाल त्यसबाट लाभ लिन चाहने उल्लेख गरे।
प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थिरताका लागि एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको र नेपालले आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरेको जानकारी गराए। उनले सरकार–सरकार, जनता–जनता, व्यापारिक, पौराणिक, र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए। चिनियाँ नेता छेन् गाङ्गले महासचिव सी जिनपिङको निर्देशनमा नेपाल भ्रमण गरेको जनाउँदै, नेपालको समृद्धिमा चीनले सँधै साथ दिने प्रतिबद्धता व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments