रवि लामिछानेको कडा प्रश्न: "सरकार मरेर मलाई जुठो पर्नु निन्दनीय"
2 महीना पहिले प्रकाशित
काठमाडौँ ,कार्तिक २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको असफलता आफूलाई अन्यायमा तानिएको भन्दै कडा प्रतिक्रिया जनाएका छन्।
कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारको पतनले आफूलाई जुठो परेको आरोप लगाएका छन्।
लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रश्न उठाउँदै भनेका छन्, 'तपाईं तस्करले दिएको करोडौंको घडी लगाउनुहुन्छ, तर मेरो हातमा भने हतकडी? तपाईं बिचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउनुहुन्छ, तर म मुद्दा खेपी दिनुपर्ने?'
कमेन्ट गर्नुहोस्
view comments