प्रतिपक्षी दलहरूको बैठकमा सरकारप्रति कडा आलोचना, बाढीपहिरो पीडितको राहतप्रति असन्तोष
2 महीना पहिले प्रकाशित
काठमाडौँ , कार्तिक २ गते । प्रमुख प्रतिपक्षी दलहरूको बैठक शुक्रबार नयाँ बानेश्वरमा सम्पन्न भएको छ, जसमा बाढीपहिरो पछिको अवस्था, सरकारका गतिविधि र समसामयिक राजनीतिक घटनाक्रममा व्यापक छलफल भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा आयोजित यस बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, र आम जनता पार्टीका शीर्ष नेताहरू सहभागी भएका थिए। बैठकले बाढीपहिरो प्रभावितलाई राहतमा सरकारको असफलता र उदासीनता रहेको निष्कर्ष निकाली, सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments