प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश पदमा नियुक्त
3 महीना पहिले प्रकाशित
काठमाडौं, असोज २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन्। आइतबार राष्ट्रपतिको कार्यालयले राउतलाई संविधानको धारा १२९ को उपधारा २ अनुसार प्रधानन्यायाधीशमा नियुक्त गरिएको जानकारी दिएको छ।
यसअघि, असोज १६ गते संसदीय सुनुवाइ समितिको बैठकले राउतलाई सर्वसम्मतिले प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको थियो। समितिबाट अनुमोदन पश्चात् संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार राउतलाई उक्त पदमा नियुक्त गरेका हुन्।
कमेन्ट गर्नुहोस्
view comments