प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनु संघीयताको सुदृढीकरणका लागि अनिवार्य : उपराष्ट्रपति यादव
काठमाडौं,असोज ३ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीय प्रणालीलाई संस्थागत गर्न प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन अपरिहार्य रहेको बताएका छन्। उनले संघ, प्रदेश, र स्थानीय तहबीच शक्ति र स्रोतको बाँडफाँडमा ढिलाइ हुँदा संघीयताप्रति वितृष्णा बढेको देखिएको भन्दै संघीय प्रणालीलाई अझ सुदृढ गर्न प्रदेशलाई संविधानसम्मत अधिकारसम्पन्न बनाउनु महत्वपूर्ण भएको बताए।
उपराष्ट्रपति यादवले संविधानले प्रदान गरेका मौलिक हकहरूको कार्यान्वयन र समावेशी सिद्धान्तको पालनामा पनि जोड दिए। साथै, संविधानले परिभाषित गरेको समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई पालना गर्दै नेपाली जनताको सर्वोच्चता र न्याय, समानता, स्वतन्त्रताको प्रत्याभूति गराउन सबैले प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले सहिदहरूको योगदानको स्मरण गर्दै लोकतन्त्र, समावेशीता, र दिगो विकासका लागि संविधानको कार्यान्वयनमा सबैको सक्रियता जरुरी रहेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments