संविधान पुनर्लेखनको माग: मधेसका मुद्दा सम्बोधन नभएको राजेन्द्र महतोको धारणा
3 महीना पहिले प्रकाशित
काठमाडौं,असोज ३ गते । नवघोषित दल राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनले पर्याप्त नहुने भन्दै पुनर्लेखनको आवश्यकता रहेको बताएका छन्।
उनले मधेसका सिमांकन हेरफेर, नागरिकता समस्या समाधान, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, राष्ट्रिय भाषामा सरकारी कामकाज, अधिकार सम्पन्न प्रदेश, र संविधानको प्रस्तावनामा सुधारजस्ता मुद्दाहरू सम्बोधन नभएकाले संविधान पुनर्लेखन गरिनुपर्ने आवश्यकता औंल्याए।
महतोले २०७२ असोज ३ गते संविधान जारी हुँदा मधेसमा दमन भएको र संविधानलाई "रक्तरंजित" भनी टिप्पणी गर्दै संविधान दिवसको औचित्यमाथि प्रश्न उठाएका छन्।
कमेन्ट गर्नुहोस्
view comments