संविधान दिवसमा दीपावली र राष्ट्रिय झण्डा फहराउन सरकारको आह्वान: टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न

3 महीना पहिले प्रकाशित

काठमाडौं, असोज ३ गते ।  नेपालको संविधान जारी भएको नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको अवसरमा विशेष समारोह आयोजना गरियो। संविधान दिवस मूल समारोह समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न गर्‍यो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सरकारले सबै नागरिकलाई दीपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन आह्वान गरेको थियो।
 
नेपालको संविधान विसं २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको हो, जसले सात दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायतका मूल्यहरूलाई समेटेको छ। यस संविधानले लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित समाजवाद र समृद्ध राष्ट्र निर्माणको प्रतिबद्धता व्यक्त गरेको छ। टुँडिखेलमा आयोजित समारोहमा नेपालको झण्डा फहराउनुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति, बाजागाजा र नृत्य कार्यक्रम प्रस्तुत गरिएको थियो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?