संविधान दिवसको कार्यक्रमका लागि दरबारमार्गमा सवारी आवागमन बन्द

3 महीना पहिले प्रकाशित

काठमाडौं, असोज २ गते ।  संविधान दिवसको अवसरमा दरबारमार्ग क्षेत्रमा आयोजना हुने कार्यक्रममा मञ्च निर्माण भइरहेकाले सवारी आवागमनमा रोक लगाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण कार्य भइरहेको हुँदा उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको हो।

कार्यालयले बिहीबार दिउँसो २ बजे सम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारीसाधनलाई कृष्ण पाउरोटी चोकतर्फ, र महेन्द्र सालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारीलाई घण्टाघरतर्फ मोडिएको जानकारी दिएको छ।

नारायणहिटी दरबार अगाडि बिहीबार साँझ हुने साङ्गीतिक कार्यक्रमका लागि मञ्च निर्माण तथा सरसफाइका कामहरू तीव्र गतिमा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?