विज्ञान र प्रविधिमा लगानी: ओलीको ‘स्टार्टअप फण्ड’ र आविष्कार कोषमा बजेट विनियोजनको घोषणा

3 महीना पहिले प्रकाशित

काठमाडौं,असोज १ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान र प्रविधिको महत्त्वपूर्ण भूमिका रहेको भन्दै, बाह्रौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा परम्परागत वैज्ञानिक खोजलाई पुनः जागृत गर्नुपर्नेमा जोड दिएका छन्। शुभकामना सन्देशमा उनले पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि वैज्ञानिक खोजलाई आत्मसात् गरेको उल्लेख गर्दै, शिक्षा प्रणाली परापूर्वकालमा विज्ञान प्रवर्तक रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिलाई विकासको मेरुदण्डको रूपमा अँगालेर, आर्थिक विकास र सामाजिक रुपान्तरणमा प्राविधिक विकासलाई उत्पादनको आधार बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले सरकार प्रगतिको वाहकका रूपमा विज्ञान र प्रविधिलाई सशक्त बनाउन प्रतिबद्ध रहेको भन्दै, अनुसन्धान र उद्यमशीलता प्रवर्द्धनका लागि 'स्टार्टअप फण्ड' र आविष्कार कोषजस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?