जसपा नेपाल संविधान दिवसमा भाग नलिने

3 महीना पहिले प्रकाशित

काठमाडौं, असोज १ गते । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले असोज ३ गतेको संविधान दिवसमा भाग नलिने घोषणा गरेको छ।

यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत संविधान दिवसको विरोध गर्दै, विभेदकारी र त्रुटिपूर्ण प्रावधानहरू सच्याउन दबाब दिन विभिन्न कार्यक्रमको आयोजना गरिने बताएका छन्।

उनका अनुसार, संविधान संशोधन, परिमार्जन र पुनर्लेखन गरी संघीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचान, र न्यायपालिकाको संरचना परिवर्तन गर्नुपर्ने र संविधानलाई सबै समुदायले स्वामित्व लिन सक्ने बनाइनु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?