दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार एलजीलाई राजीनामा बुझाउने
3 महीना पहिले प्रकाशित
एजेन्सी,
नयाँ दिल्ली,भदौ ३१ गते । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार साँझ ४:३० बजे एलजी वीके सक्सेनासँग भेट गरी आफ्नो राजीनामा बुझाउने तयारी गरेका छन्।
एलजी कार्यालयले यसलाई पुष्टि गरेको छ। यसअघि केजरीवालले एलजीसँग भेटको लागि समय माग गरेका थिए।
आम आदमी पार्टी (आप)ले जनाएको छ कि मुख्यमन्त्री केजरीवाल मंगलबार आफ्नो पदबाट राजीनामा दिन सक्नेछन्। पार्टीले सोमबार भन्यो, "मुख्यमन्त्रीले मंगलबार एलजी सक्सेनासँग भेटका लागि समय मागेका छन्। उनको पदबाट राजीनामा दिने सम्भावना रहेको छ।"
कमेन्ट गर्नुहोस्
view comments