सहमहामन्त्री यादवको निर्वाचनमा पार्टी आत्मनिर्भरताको जोड

4 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ १९ गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र राय यादवले आगामी निर्वाचनमा सबै राजनीतिक दलले आफ्नो बलमा चुनाव लड्नुपर्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग संवाद गर्दै यादवले वर्तमान समयमा कांग्रेसको जनमत घटेको भान भए पनि वास्तविकता त्यस्तो नरहेको स्पष्ट गरे। यादवका अनुसार, गठबन्धन गरेर चुनाव लड्नुपर्दा यस्तो अवस्था देखिएको हो तर कांग्रेसको लोकप्रियता र समर्थन बलियो रहेको छ।

सहकारी ठगीमा सरकारको कडा कदम

सहमहामन्त्री यादवले सहकारी ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गरिने बताउँदै सरकारको कडा कदमको संकेत गरे। सहकारी ठगी छानविन गर्न बनेको संसदीय विशेष समितिमा कुनै पूर्वाग्रह र आग्रह नराखी निष्पक्ष छानविन हुने र दोषीहरूलाई कारबाही गरिनेमा उनले विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?